नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगितामा ८ खेलाडी सर्वाधिक मूल्यमा विक्री भएका छन्।
शुक्रबार भएको अक्सनमा ए श्रेणीमा रहेका ८ जना खेलाडीले अधिकतम मूल्य २ लाख रुपैयाँ पाएका हुन्। सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी र विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन्। अधिकतम मुल्य पाएका खेलाडीहरु लक्की ड्रमार्फत उनिहरुको जाने टोली तय गरिएको थियो। अक्सनबाट कुल ९८ जना खेलाडी विक्रि भएका थिए। जसमा ए श्रेणीबाट २१ जना, बी श्रेणीबाट ४१ जना र सी श्रेणीबाट ३६ जना खेलाडी अक्सनमा विक्रि भए।
लाडी अक्सनमा केहि स्टार खेलाडी विक्रि भएनन्। जसमा अनुभवी खेलाडी विरान महर्जन, रविशंक पासवान, राजेन्द्र रावल, जर्ज प्रिन्स कार्की हेमन्त थापामगर, जुमनु राई जस्ता खेलाडी विक्रि भएनन्। सात टिमले एक सय ५९ खेलाडीमाथि अक्सनमा बोली लाग्दा टिमले माथि उल्लेखित खेलाडीमा कसैले पनि बोलि लगाएनन्।
बैशाख ११ गतेबाट हुने प्रतियोगिताको अक्सनबाट हरेक टिमले १४–१४ खेलाडीलाई अनुबन्ध गरेको हो। अब खेलाडीले कोटा अनुसार तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन भने दुई जना ट्यालेन्ट हन्टबाट छानिनेछन्। प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले यसअघि मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ।