नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र बलर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। कामीले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन्।
सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन्।
कामी सन् २०१५ मा धनगढीमा आयोजित एसपीए कम खेल्न गएका बेला उनीहरुको भेट भएको थियो। एसपीए कपको सुरक्षा गर्न आएका एक सुरक्षाकर्मीले घरमा खाना खान निम्तो गरेपछि त्यहाँ गएका बेला उनीहरुबीच भेट भएको थियो। त्यसको एक वर्षदेखि उनीहरु रिलेशनमा थिए।
नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ। सोमपालको स्वास्थ्यमा समस्या आएपछि टोलीबाट हटाइएका थिए। उनी अहिले आराम गरेर बसिरहेका छन्।