मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो चरणको खेल जारी रहँदा अपराजित रहँदै मनाङ ९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले व्रिगेड ब्वाईजमाथि १–० को जित दर्ता गरेको थियो।
पहिलो हाफको २५ औं मिनेटमा जगजीत श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमा १ गोलले पछि परेको व्रिगेडले दोस्रो हाफमा गोल फर्काउन नसक्दा मनाङलाई तीन अंक सुम्पिन बाध्य बन्यो।