पोखरा प्रिमिएर लिग ‘पीपीएल’ आजबाट शुरु हुँदै छ। पोखरास्थित पोखरा क्रिकेट रंगशालामा एघार बजे शुरु हुने उदघाटन खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ। पहिलो खेलमा दुबै टिम जितको खोजीमा हुनेछन्।
पोखरा शरद भेसावकरको कप्तानीमा र काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिदै छ। क्विन्स इभेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ।
विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुजले प्रतिस्पर्धी गर्ने छन्। अघिल्लो संस्करणमा २ जना विदेशी खेलाडी रहेकोमा यसपटक भने प्रत्येक टिममा तिन जना विदेशी खेलाडी राख्न पाइने छ।
पुस १२ गते सम्म पाेखरा रंगशालामा चल्ने प्रतियाेगिताकाे विजेताले २७ लाख नगद पुरस्कार पाउँदा उप विजेताले १० लाखमा चित्त बुझाउनु पर्ने छ। यसैगरी उत्कृष्ट तीन जना खेलाडीलाई माेटरसाइकल प्रदान गरिने छ।