१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार आमन्त्रण गरेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए।
सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन्।
नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्विटरमा लेखेका छन्। १३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ। नेपालले सागमा ६० रजत र ९५ कास्य पदक पनि जितेकाे छ।