नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा भएको टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् । नोभेम्बर १२ देखि २४ सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्नेछन् । समूह ‘बी’ मा रहेको नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन् ।
समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ ।