स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले तेस्रो हार ब्यहोरेको छ। गएराति भएको खेलमा बार्सिलोना लेभन्टेसँग ३–१ गोल अन्तरले पराजित भएको हो।
पराजित भए पनि २२ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहँदा समान २२ अंक भएको रियल मड्रिड भने दोस्रो स्थानमा छ। रियल मड्रिड भने गएराति गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।
लेभन्टेसँग पराजित हुँदा बार्सिलोनाले पहिलो गोल भने गरेको थियो। लियोनल मेस्सीले ३८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। तर ६१औं देखि ६८ औं मिनेटबीचमा लेभन्टेले लगालग तीन गोल गर्दै बार्सिलोनलाई स्तब्ध बनायो।
यस्तै भ्यालेन्सियाले स्पानियोलमाथि २–१ गोल अन्तरको जीत निकाल्दा सेभिल्ला र एथ्लेटिको मड्रिड एक एक गोलको बराबरी खेले। शीर्ष स्थानमा उक्लने मौका पाएको रियल मड्रिड र रियल बेटिसपनि गोल रहित बराबरी भएपछि मड्रिडलाई तालिकामा अंक घाटा लागेको छ।