विश्वकप छनोट खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले सबैलाई टीका लगाइदिएका हुन् ।नेपालले बिहीबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेका हाे ।त्यसका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरिरहेकाे छ । नेपाली टोली गत बिहीबार नै सिड्नी पुगेकाे हाे ।