काठमाडौंमा जारी साफ यू–१८ फुटबलको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन् ।
भारतले माल्दिभ्स र बंगलादेशले भुटानलाई पराजित गर्दै उपाधि भिडन्त गरेका हुन् । यी दुवै टिम समूह चरणमा पनि भिडेका थिए । जसमा गोल रहित बराबरी खेलेका थिए । भारतले शुत्रबार भएको दोस्रो सेमिफाइनलमा समूह ए को उप विजेता मालिभ्सलाई ४–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
पहिलो संस्करणमा समान ९ अंक भएपनि गोल अन्तरमा पछि पर्दै उप विजेता बनेको भारतले तेस्रो संस्करण जित्ने लक्ष्यसहित नेपाल आएको बताएको थियो । हलचोक मैदानमा भारतले माल्दिभ्सलाई पराजित गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो ।
सातौं मिनेटमा भारतका लागि नरेन्दरले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै शुक्रबार नै भएको पहिलो खेलमा भुटानमाथि बंगलादेशले पनि ४–० को जित निकालेको थियो । पहिलो हाफमा नै बंगाली टोलीले तीन सुन्यको अग्रता बनाएको थियो । पहिलो हाफमा तीन सुन्यले अघि रहेको टोलीले दोस्रो हाफमा भने एक गोल थप्यो ।
सेमिफाइनलमा पराजित भएका भुटान र माल्दिभ्स शनिबार विहान ११ बजे तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । बंगलादेश र भारतको फाइनल खेल भने दिउँसो ३ बजे शुरुहुने छ ।