यू-१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । प्रतियोगिता आगामी शुक्रबारदेखि नेपालमै हुनेछ ।
टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम नेपाली टोली घोषणा गरेका हुन् । साफ च्याम्पियनसिप हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुनेछ । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।
टोलीमा कसको भूमिका के ?
गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी र पुजन होना
डिफेन्डर : विशाल बस्नेत, रनदीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, अलिक रुम्बा र अञ्जल महर्जन
मिडफिल्ड : शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनीष थापा, कुशल फुँयाल र नीतिन थापा
स्टाइकर : ब्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनीष डाँगी छन् ।