किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलकाे उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।
समूह चरणमा २ खेल जित्दै दाेस्राे स्थनमा रहेर नेपाल फाइनल पुगेकाे हाे भने उज्वेकिस्तानले तीन खेल नै जित्दै शीर्ष स्थानमा रहँदै उपाधि भिडन्त गर्न लागेकाे हाे। नेपाल उज्वेकिस्तानसँग मात्रै पराजित भएकाे थियाे।
नेपाल र उज्वेकिस्तानबीचकाे फाइनल खेल अपरान्ह पाैने ४ वजे शुरुहुने छ।