रुपिज ईन्टरनेशनल स्कुलको आयोजनामा हाईस्कुल थ्रीअन थ्री अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबार हुदैछ।
प्रतियोगितामा आयोजकसहित १२ छात्र टिमको र ६ छात्रा टिमको सहभागिता रहने आयोजक रुपिज ईन्टरनेशनल स्कुलका प्रिन्सिपल प्रेमप्रकाश साहुले मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
प्रतियोगितामा कक्षा १० देखि १२ सम्ममा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने प्रावधान छ। सेप्टेम्बर १९ सम्म चल्ने प्रतियोगिताका खेलहरु रुपिज ईन्टरनेशनल स्कुलमा खेलाइनेछ।
प्रतियोगिताका बिजेताले शिल्ड, मेडलका साथै नगद पुरस्कार पनि पाउनेछन्। दुबै समुहका पहिलो विजेताले २० हजार, दोस्रोले १५ हजार पुरस्कार पाउनेछन्। यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्बाधिक स्कोर गर्ने खेलाडीलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ।