श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ। एसिया कपमा रोहितकुमार पौडेलले नै नेपालको कप्तानी गर्ने छन्।
एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गत महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागी भएका तीन जना खेलाडी परिवर्तन भएका छन्। उक्त टिममा रहेका विशाल विक्रम केसी, तिलक भण्डारी लोकेश बम टिमबाट बाहिरिएका छन् भने आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ फेरी टिममा फकिएका छन्।
यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६मा खेल्ने छ। नेपालको समुह ‘बी’ मा श्रीलंकासँगै बंगलादेश र युएई रहेका छन। नेपालको दोस्रो खेलमा बंगलादेशसँग सेप्टेम्बर ८ र तेस्रो तथा समूह चरणको अन्तिम खेलमा युएईसँग १० तारिखम खेल्ने छ।
अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन। प्रतियोगिताको दुई समुहको शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली टिम
रोहितकुमार पौडेल ( कप्तान), रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी।