एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाली पुरुष भलिबल टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने खेलमा घरेलु टोली नेपाललाई जित्नै पर्ने दवाव रहेकाे छ। समूह ए मा रहेको नेपाल पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो।
आजको खेलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा प्रवेश गर्ने मौका पाउनेछ। यदि नेपाल आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ।
समूह एको पहिलो खेलमा दुवै टोली किर्गिस्तानसँग पराजित भएका थिए। नेपाल र माल्दिभ्सबीचकाे खेल खेल अपरान्ह ५ बजे सुरु हुनेछ।