अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी-२० को वरियतामा नेपाली टिमका कप्तान पारस खड्का २५औं स्थानमा उक्लिएका छन् ।
यसअघि उनी ४१औं स्थानमा थिए । हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनले आईसीसीको बरितयामा ठूलो छलाङ मारेका हुन् । उनी टी-२०को अलराउन्डतर्फ २५औं स्थानमा उक्लिएका हुन् । उनले भारतीय खेलाडी सुरेश रैना, अफगानिस्तानका रासिद खान, डेबिड वेली, क्रिस मोरिस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पनि पछि पारेका छन् । अलराउन्डमा अर्का खेलाडी सोमपाल कामी ६६औं स्थानमा कायमै छन् ।
यस्तै ब्याटिङमा पनि पारस ६६औं स्थानमा उक्लिएका छन् । उनको ४ सय १७ अंक छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन् । धोनी ६७औं स्थानमा छन् । यस्तै क्रिस गेल पनि पारसभन्दा पछाडी छन् । गेल ७३औं स्थानमा छन् ।
यस्तै बलिङमा नेपाली बलर वसन्त रेग्मी ७१औं स्थानमा झरेका छन् । सोमपाल कामी भने ७८औं स्थानमै यथावत छन् ।