क्यानाडामा जारी ग्लोबल टी-२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टोली विनिपेग हक्सद्धारा सन्दीप लामिछानेको टोली टोरन्टो नेशनल्स पराजित भएको छ। गएराती टोरन्टोमा भएको खेलमा हक्स ३ विकेटले विजयी भयो। खेलमा नेपालका दुबै खेलाडी सन्दिप र सोमपाल सुरुवाती एघारमा परेनन्।
सन्दीपले यसअपघि पनि क्यानाडमा ग्लोबल टी–२० लिग खेलिसकेका छन्। सोमपाल भने पहिलो पटक यो प्रतियोगिता खेल्दैछन्। सोमपाल र सन्दिप सिंगापुरमा टी–२० विश्वकप एसिायली छनौट प्रतियोगिता सकाएर २ दिन अघिमात्र क्यानाडा पुगेका छन्। गएरातीको खेलमा पहिले व्याटिङ गरेको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो। उसका लागि रोड्रिगो थोमसले ६५ रन तथा कायरन पोलार्डले ५२ रन जोडे।
कप्तान युवराज सिंहको नाममा ४५ रन रह्यो। जवाफमा २ सय १७ रनको विशाल लक्ष्य विनिपेग हक्सले २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।हक्सको जितमा क्रिश लिनको ८९ रन तथा सनी सोहलको ५८ रन महत्वपूर्ण रह्यो।