आईसीसी टी–२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको छ ।
सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१रन बनाएको हो । कुवेतलाई रोक्नेक्रममा नेपालका स्पिन बलरहरु सफल देखिए ।
स्पिन बलर बसन्त रेग्मी र सन्दीप लामिछानले चार ओभरको स्पेलमा तीन तीन विकेट हात पारेका छन् । बसन्तले २० तथा सन्दीपले २१ रन खर्चिएका थिए ।
यसैगरी करण केसीले २ तथा अभिनास बोहराले एक विकेट लिए । करणले २ विकेट लिँदा ४० रन खर्चिए भने अभिनासले ३५ रन दिए । अभिनासले अन्तिम ओभरमा बढी रन खान पुगेका हुन् । आजको खेलमा सोमपाल कामी र विकेट विहीन बने ।
उनले चार ओभरमा २५ रन दिएका थिए । कुवेतका कप्तान मोहम्मद काशिफले नट आउट ४९ रन बनाउँदा अदनान इद्रिसले २५ तथा मोहम्मद अस्लमले २३ रनको योगदान गरे ।