आइसीसी टी २० विश्वकप एशिया छनोटमा नेपालले आज कुवतेसँग खेल्दैछ। सिंगापुरमा जारी प्रतियाेगितामा पहिलाे खेलमा कतारसँग पराजित भएकाे नेपालले दाेस्राे खेलमा मलेसियामाथि जित निकालेकाे थियाे। आज कुवेतसँग खेल्न लागेकाे नेपालले भाेलि सिंगापुरलाई पराजित गरेमा ग्लाेबल छनाेटमा स्थान बनाउन सक्ने छ। ग्लाेबल छनाेटकाे शीर्ष ६ भित्र परे नेपालले अस्ट्रेलियामा आयाेजना हुने टी २० विश्वकपमा स्थान बनाउने छ। विश्वकप खेल्न एक खुड्किलाे नजिक पुग्न पनि नेपाललाई आज र भाेलिका दुवै खेल जित्नै पर्ने दवाव रहेकाे छ।
कुवेतविरुद्ध नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ। पारस खड्का प्रदिप ऐरीको स्थानमा टिममा फर्किएका छन्। कतारविरुद्धकाे खेलमा घाइते भएका पारस मलेसियाविरुद्ध खेलेका थिएनन्।
हाल अंक तालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपाल भन्दा बरियतामा तल रहेको टिम हो। ८ बर्षपछि टी २० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने संभावना कायम रहनेछ। त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ।