डेनमार्कको बेल्लाहोए खेल मैदानमा यहि जुलाई २० तारिखमा छैटौं जनसम्पर्क समिति फूटवल प्रतियोगिता हुँदैछ।
नेपाली जनम्सम्पर्क समिति डेनमार्कको आयोजनामा जुलाई २०–२१ सम्म हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुनेछ। बेलाहोज क्लासिक, हिमालयन स्पोर्टस क्लब, बीएनडी युनाइटेड, युनिटि एफसी र जनसम्पर्क समिति डेनमार्कबीच प्रतिस्पर्धा हुने नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बीरेन्द्रसिं कार्कीले बताए।
पहिलो संस्करणबाट जनसम्पर्क समिति फूटबल टिम संहालिरहेका टिम म्यानेजर दिपकराज रिजालका अनुसार हरेक वर्ष सबै टिमले सुधारिएको खेल पस्कदै आएका छन्। यो वर्ष पनि गत वर्ष भन्दा सबै टिमले राम्रो तयारी गरेको रिजालको बुझाई छ। रिजालले प्रतियोगितामा सहभागी हुन डेनमार्कमा रहेका नेपालीहरूलाइ आह्वान गरेका छन्।
पहिलेको भन्दा पृथक व्यबस्थापन हुने फूटबल प्रतियोगिताको संयोजन गरिरहेका कार्यसमिति सदस्य श्रीधर सिलवालका अनुसार यस पटक डेनिश एसोसिएसनबाट आधिकारिक रेफ्रीहरु आउने छन्।
यसैबीच, १५ बर्षभन्दा कम उमेर समूहका बालबालिकाको पनि फूटलबल प्रतियोगिता गराइने भएको छ। बालबालिकाबीच हुने खेलको संयोजन कार्य समितिका सल्लाहकार रमेश घिमिरेले गरेका छन्।
नेपाली जनसम्पर्क समिति डेनमार्कले हरेक बर्ष यस्तो प्रतियोगित गराउँदै आएको छ। गत बर्ष को फूटबल प्रतियोगितामा युनिटि स्पोर्टस क्लबले जित हात पारेको थियो।