एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सो स्कोर खडा गरेको हो।
शतक पुरा गरेका गौतमले मात्रै अविजित ११५ रन बनाए । कुशल मल्लले पनि अर्धशतक पुरा गर्दै ५१ रन बनाए भने पवन सर्राफले ४५ रन जोडे । कप्तान रोहित पौडेल ७ र विशाल कुमार केसी १ रनमा आउट भए।
३२७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो