पहिलोपटक आयोजना भइरहेको ह्विलचियर एसिया कप टी-२० क्रिकेटको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ ।
कीर्तिपूरस्थित टीयू मैदानमा बुधवार भएको उद्द्धाटन खेलमा भारतसँग ६ विकेटले नेपाल पराजित भएको हो ।
नेपालले पहिले ब्याटिङ गर्दै कप्तान दिगम चेम्जोङको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा १४० रन बनाएको थियो ।
१४१ रनको लक्ष्य भारतले १५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा गौरभले अर्धशतक प्रहार गरे। प्रतियोगितामा भारत र नेपालसहित ४ राष्ट्रको सहभागिता छ । खेलको कांग्रेस नेता प्रकाशमान सिंहले उदघाटन गरेका हुन् ।