नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीमाझ उनले प्रधानमन्त्री कप नखेल्ने बताएका हुन् । सन्दीपले पीएम कप क्रिकेटको दौरान आफू आराम गर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलको आयोजनामा पीएम कप जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । यस्तै सन्दीपले टिममा परिपक्कता नहुँदा दिल्ली फाइनल पुग्न नसकेको बताए । उनले आईपीएल क्रिकेट आफ्नालागि सानदार रहेको प्रतिक्रिया दिए । उनले यसले नेपाली क्रिकेटलाई पनि भविष्यमा थप फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
आईपीएलको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स चेन्नई सुपर किङ्ग्ससंग ४ विकेट पराजित भएको थियो ।