भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकप क्रिकेटका लागि १५ सदस्यीय भारतीय क्रिकेट टीमको घोषणा गरेको छ ।
भारतीय टोलीको नेतृत्व विराट कोहलीले गर्ने भएका छन् भने महेन्द्रसिंह धोनी विकेटकिपरको भूमिका रहनेछन् ।
१२ औं आइसीसी विश्वकप २०१९ आगामी ३० मेदेखि १४ जुलाईसम्म इंग्ल्याण्ड र वेल्समा हुँदैछ ।
यी हुन् विश्वकप खेल्ने भारतीय टोली
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी (विकेटकिपर), केदार जाधव, दिनेश कात्तिक, युजवेन्द्र चहल, कुलदीप यादव, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, हार्दिक पंड्या, मोहम्मद शमी र रवीन्द्र जडेजा