बाराको पचरौतामा भएकाे झडप नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेकाे छ । महाबिरी झन्डा मेला कसकाे नेतृत्वमा लगाउने भन्ने विषयमा दुई समूहबीच वादविवाद भई ढुङ्गामुढा हानाहान विवाद भएकाे थियाे ।
वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।परापूर्वकालदेखि सो ठाउँमा पञ्चायतका मुखियाले मेला लगाउँदै आएको थियो, त्यसपछि गा.वि.स.अध्यक्षले मेलाको नेतृत्व गर्दै आएका थिए ।