जाजरकोट भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ११ जनालाई जिल्ला अस्पतालले मृत घोषणा गरिसकेको छ।
नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो। उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन्।