प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका –४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो। तीर्थयात्रीहरु स्वर्गद्धारीबाट दाङतर्फ फर्कने क्रममा दुर्घटना भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, लमही–७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका छन्।
यसैगरी तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ।
एकजना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।