किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
रोक्का गरिएकाे खाता फुकुवा गर्नका लागि किर्ते कागज बनाएको आरोपमा प्रहरीले महन्थलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे छ ।
पक्राउ परेका महन्थले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरी रुपन्देहीस्थित मेगा बैंकबाट ७० लाख ८२ हजार ५१० रुपैयाँ ३५ पैसा निकालिएको उनीमाथि आरोप रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए ।
बैंकबाट निकालिएको सो रकम उनले जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको खुलेकाे छ । उनलाई थप अनुसन्धानको लागि रुपन्देही पठाईएको महोत्तरीकाे प्रहरीले जनाएकाे छ ।