मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् ।हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
सोमबार मध्यान्ह १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेलाई भने कैलाश हेलिकप्टरबाट काठमाडौंमा ल्याइएको छ । उनीहरूकाे बुढानीलकण्ठस्थित करूणा अस्पतालमा उपचार भइरहेकाे छ ।
मौसम प्रतिकुल भएका कारण उद्धारमा कठिनाइ भइरहेकाे बताइएकाे छ।आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल परिरहेकाे छ ।