धादिङको गजुरीमा बसले ठक्कर दिँदा ६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो । मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेका छन् ।जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले उनलाई ठक्कर दिएको बताइएकाे छ ।
उनी १ कक्षामा पढ्थे ।दुर्घटनापछि गजुरी तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् भने आवतजावत अवरुद्ध भएको छ ।