नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनका भाई प्रेमबहादुरको निधनप्रति दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन्।
सभापति देउवासंग बुधबार अपरान्ह बालुवाटारमा भएको आधा घण्टाको भेटमा निधिले समवेदना व्यक्त गरेका हुन्।
देउवाका भाइ प्रेमबहादुरको ६७ वर्षको उमेरमा ३ जेठमा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। प्रेमबहादुर घाँटीको क्यान्सरबाट पीडित थिए।
निधिसंगको भेटमा देउवाले भाईको निधनमा हिन्दू परम्परा अनुसार १३ दिनसम्म बार्नु पर्ने भए पनि ५ दिनपछि पूर्बवत रुपमा काममा फर्कने बताएका छन्।