पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ कोरोना संक्रमित भएका छन् ।
१० हजार ४९८ पीसीआर परीक्षणमा २ हजार ९२२ जना संक्रमित भएका छन् भने ४ हजार ५८३ एन्टिजेन परीक्षण हुँदा ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ९९ हजार २२५ जनामा संक्रमण देखिएको छ ।
२४ घण्टाको अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।