कोरोनाविरुद्धको फाइजर खोप आजदेखि लगाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले याे खाेप दीर्घरोगीलाई लक्षित गरेर खोप अभियान सुरू गरेकाे हाे । मन्त्रालयले दीर्घरोगी भएका १२ वर्षदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र लगाइने छ ।
मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ।
खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान भनिएको छ। खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ।
नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो। यही मङ्सिर ४ गतेसम्म खाेप अभियान सञ्चालन हुनेछ। फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभाकारी हुने अध्ययनले देखाएको छ। फाइजर खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।