ललितपुरको मंगलबजारस्थित चक्रबहिलमा गएराति भएको आगलागीमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।म्ह पूजा गरिरहेको बेलामा घरको चौथो तलमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनामा दुईजना घाइते भएका छन् र उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ । आज पोष्टमार्टम गरिएपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ ।