Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, August 12, 2022 | शुक्रबार, साउन २७, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
नारायणगढ–बुटवल सडक निर्माणले गति लियाे
रासस
रासस चितवन, २७असाेज
नारायणगढ–बुटवल सडक निर्माणले गति लियाे
 
नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
 
अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन । अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवाल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए ।
 
राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ । केही दिन पहिलेसम्म सडकमा विद्युत्को पोल स्थानान्तरण भइरहेको थियो । दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए । उनले भने, “सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युत्को पोल हा, त्यो हटाइसकेपछि कामले गति लिनेछ ।”
 
पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ । सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रुख काट्ने ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झण्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन । अझै पनि कोभिडको सङ्क्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्यौल रहेको प्रमुख दृष्टिले बताए । उनले भने “कोभिडले थप अवरोध नपु¥याएमा अबको दिनमा भौतिक प्रगति बढ्ने देखिएको छ । निर्माण व्यवसयीले अबको छ महिनामा ३० प्रतिशत काम सकाउँछु भनेर प्रतिबद्धता गरेका छन् ।”
 
अहिले निर्माणस्थलमा भइरहेको कामलाई हेर्दा त्यो प्रगति हुनसक्ने देखिएको उनले बताए । उनले भने, “निर्माणस्थल खाली हुँदै गएकाले अबको दिनमा निर्माणले गति लिनसक्छ ।” आयोजनाले अहिलेसम्म विस्तारका लागि सडक भत्काएको छैन । सुरुमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको प्रमुख दृष्टिले बताए । सडक भत्काएर काम गरेको भए सडकको अवस्था अहिलेभन्दा पनि नराम्रो हुने भएकाले नभत्काइएको उनले बताए । निर्माणस्थलमा रहेका धेरै संरचना हटाइएको छ भने हट्न बाँकीमा पनि काम भइरहेको छ ।
 
नेपाल विद्युत् प्राधिकरण, वन विभाग र जिल्ला प्रशासन कार्यालयलगायत सरोकार राख्ने निकायबाट सहयोग र समन्वयमा काम भइरहेको प्रमुख दृष्टिले बताउनुभयो । सो सडकमा निर्माणको काम गर्ने कम्पनी अन्तर्राष्ट्रिय कम्पनी भएकाले उसले प्रतिष्ठाका लागि पनि गर्ने अपेक्षा गरिएको छ । उनले भने, “कोभिडबाहेक अरु अवरोध नभएकाले एक वर्षमा पनि प्रगति बढ्ने देखिन्छ ।” बुटवल–नारायणगढ सडकमा दुई खण्डमा एकै पटक निर्माण अघि बढाइएकामा अहिले दुवैतर्फ काम भइरहेको छ । दसैँ सुरु भएसँगै कामदार घटिरहेकाले निर्माणस्थलमा बाँकी भएकालाई खाल्डा टाल्ने काममा लगाइएको आयोजनाले जनाएको छ ।
 
उनले भने, “यसअघि वर्षाकै कारण खाल्डा टाल्न नसकिएको भए पनि रोएिपछि काम गर्न थालिएको हो ।” निर्माण व्यवसायी पहिलेभन्दा निर्माणमा तदारुकता देखाएको आयोजनाले जनाएको छ । निर्माणको अवधिमा यहाँ भएर आवतजावत गर्ने सवारी साधनलाई बाधा नपुगोस् भनेर ध्यान दिइने गरी योजना बनाइएको छ । सबैभन्दा बढी सवारी चाप रहेको सडक भएकाले पनि यहाँको विस्तारमा चुनौती छ । त्यही कारणले पनि धेरैको चासो र गुनासो पाइएको छ ।
 
कहिले कहिले क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले गर्दा जाम हुने गरेको छ । धेरैले सडकका कारणले सडक जाम भएको भनी बुझ्ने गरेका छन् । सडक निर्माण गर्दा एर्कातर्फबाट सवारी साधन पठाउने वैकल्पिक सडक नभएकाले पनि भइरहेकै सडकमा व्यवस्थापन गरेर निर्माण र सवारी साधन सञ्चालन गर्नुपर्ने प्रमुख दृष्टिले बताउनुभयो । कतै छ लेन त कतै चार लेन सडक निर्माण गर्न लागिएकामा कुनै लेनमा निर्माण अघि बढाइरहँदा अर्काे लेनमा सवारीसाधन चालु गर्ने गरी योजना बनाइएको छ । उनले भने, “निर्माणको अवधिमा गन्तब्यमा पुग्न बढी समय लाग्ला तर पूरै सवारीसाधन नरोकिने गरी काम हुनेछ ।” गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो ।
 
अहिले भने त्यो समस्या हटिसकेको छ । विसं २०७५ चैतमा सो सडकको विस्तार सुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पाेरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । 
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८, ०७:४४:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?
  • कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार
  • चराले सफा गर्ने निस्कोट 'बराह ताल'
  • ‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’
  • सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
  • झापा सुपर लिग क्रिकेट : धुलाबारी र काँकडभिट्टा विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ
मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ
बझाङमा एकै परिवारका तीनजना मृत फेला
बझाङमा एकै परिवारका तीनजना मृत फेला
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा,करिब साढे चार करोड क्षति
बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा,करिब साढे चार करोड क्षति
  • ताजा समाचार
  • ट्रेण्डिङ
आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
पर्यटनमन्त्री श्रेष्ठ आफैँ अदालतमा उपस्थित भएर जवाफ दिए
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
'आगामी निर्वाचनकाे सुरक्षामा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता'
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा  निर्वाचन परिचालन कमिटी गठन
एमालेद्वारा अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
काेराेना संक्रमणसँगै मृत्युदर बढ्याे, एकैदिन ५ जनाको मृत्यु
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन 1
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग 2
कांग्रेस नेता निधिले भेटे शरद पवार र मन्त्री चौधरीसँग
कांग्रेस नेता निधि  र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट 3
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटघाट
काठमाडौँका सडकमा फोहरको डङ्गुर 4
काठमाडौँका सडकमा फोहरको डङ्गुर
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती 5
सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP