सरकारले आजदेखि दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ।काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालन गरिएकाे हाे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीबाट सुपथ मूल्य पसल उद्घाटन गरिएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले थापाथलीको सुपथ मूल्य पसल उद्घाटन गरे ।
सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिएकाे छ ।सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म पसल खुल्नेछ ।
सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।