सर्वसाधारण जनताले सहज रुपमा कोरोनाविरुद्धको खोप लगाउन नपाइरहेको अवस्थामा धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो ।
उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको प्रहरीले जनाएको छ ।खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डलसहित उनलाई बेच्न दिने एक जना स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएको छ ।
‘कोरोनाविरुद्वको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा हेर्दा मण्डलको पसलमा फेला परेको हो । यसैगरी धेरै स्थानमा खोपको कालो बजारी भईरहेको सर्वसाधारणको गुनासोछ ।