नेपालमा मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ।
देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणका क्रममा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ। त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ।
हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । त्यस्तै थप १ हजार ७ सय ७८ जना निको भएका छन्। हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना कोरोनामुक्त भएका छन्।
हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइशोलेशन र ३५६ जना क्वारेन्टाइनमा छन्।