सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा छाडा छोडिएका चौपायामा रातको समयमा टल्कने स्टीकर लगाएको हो । अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै छन् । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरिक्षक मिलन कुमार सिंहले जानकारी दिए। उनाले उक्त अभियान उपत्यकाभरी नै चलाइने बताए।
त्यस्तै ट्राफिक प्रहरीले मास्क सचेतना अभियानलाइ पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।