लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनताको जीनवस्तर उठाउन पर्यटन प्रबद्र्धनमा जोड दिने प्रदेश सरकारको नीति रहेको बताएका छन्।
मुख्यमन्त्री पोखरेलले कपिलवस्तुको गोटिहवामा क्रकुछन्द र आरौराकोटमा कनकमुनि बुद्धको प्रतिमा अनावरण गर्दै यस्तो बताएका हुन्। उनले ऐतिहासिक महत्वका लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटिहवा, निग्लिहवा लगायतका क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको बताए।
मुख्यमन्त्री पोखरेलले सम्पदा संरक्षण गर्न सकिएमा भविष्यमा यस क्षेत्रको महत्व र गरिमा थप बृद्धि हुने उल्लेख गरे।
कपिलबस्तुको गोटिहवामा रु. ६० लाख १७ हजार ८ सय ५६ को लागतमा क्रकुछन्द बुद्धको मुर्तिसहितका बगैचा र आरौराकोटमा रु.९० लाख ६ हजार ७ सय ९९ को लागतमा कनकमुनि बुद्धको मुर्ति सहितको बगैचा निर्माण गरिएको छ। डिभिजन वन कार्यालय र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मुर्ति र बगैचा निर्माण गरिएको हो।