सिन्धुपाल्चोक जिल्लाका ३ वटा अस्पतालमा ब्लड स्टोरेज गर्नका लागि रेफ्रीजेरेटर राखिने भएको छ।
जिल्लामा हरेक बर्ष बिनाशकारी बाढिपहिरो, अन्य रोगको प्रकोप तथा दुर्घटनामा परेकाहरुको उपचारका लागि अस्पतालमा तत्काल रगतको अभाबमा भएको मावनीय क्षति रोक्न ब्लड स्टोरेज गर्न रेफ्रीजेरेटर राख्न लागिएको हो।
जिल्लामा अहिलेसम्म रेफ्रीजेरेटर नभएपछि पूर्वमन्त्री एवं नेपाली काँग्रेस बाढिपहिरो, विपद् व्यवस्थापन समितिका संयोजक मोहन बहादुर बस्नेतले जिल्लामा तत्काल रेफ्रीजेरेटर राख्ने निर्णय बमोजिम काम अघि बढाइएको जानकारी दिए।
कांग्रेसजनहरुको सहयोगमा रेफ्रीजेरेटर राख्न लागिएको हो। बाह्रबिसे अस्पतालमा रेफ्रीजेरेटर राख्नका लागि बलेफी गाउँपालिका वडा नं. ८ निवासी व्यवसायी एवं नेपाली कांग्रेसका युवा नेताहरु सुभाष तिमल्सिना र उमेश प्रधानले सहयोग गरेका छन्। रेफ्रीजेरेटर खरिद प्रकृया अघि बढिसकेको भन्दै नेता बस्नेतले केही दिनभित्रै अस्पताललाई हस्तान्तरण गरिने स्पेसखरबसँग बताए।
त्यसैगरी, मेलम्ची अस्पतालका लागि रेफ्रीजेरेटर र भेण्टीलेटर राख्न मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अंजनादेबी मधीकर्मीको नेतृत्वमा नेता बस्नेतसँग गएको टीमले रु. ११ लाख ११ हजार १११मेलम्ची नगरपालिकाका मेयरलाई हस्तान्तरण गरिसकेको छ।
कांग्रेस नेता बस्नेतले तीनवटै अस्पतालमा यो सेवा शुरु भएपछि रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बिश्वास व्यक्त गरेका छन्।