दक्षिणकालीस्थित शौचालयमा मंगलबार बिहान मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिना रहेका छन् ।तिमिल्सिना दक्षिणकालीस्थित एक वर्कशपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कालाेपुल बस्दै आएकी सुब्बा कसरी दक्षिणकाली पुगिन् भन्नेबारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेकाे छ ।सन्तोषी विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी थिइन् ।