सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।
शनिबार राति करिब ८ बजेको समयमा फर्निस आयल राखेको ट्याङकी पड्किएर भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् ।
घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङ्की पड्किएपछि भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।