लगातारको वर्षापछि आएको बाढीले मनाङमा बितण्डा मच्चाएकाे छ ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज ,तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्याएको छ ।
बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको छ।यसअघि जेठ १६ गतेको बाढीले क्षति पुर्याएको ठाउँमा थप क्षति पुर्याएकाे हाे ।