कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा संलग्नता रहेकाे भन्दै उनकै श्रीमतीसहित ११ जनालाई नियन्त्रणमा लिएकाे छ ।करीब एक महीनाको अनुसन्धानपछि प्रहरीले पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निष्कर्षमा पुगेको हो ।दीपकको हत्यामा उनकै श्रीमती महिमाको हात रहेको पुष्टि भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए ।घाइते पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।प्रहरीले उनीहरुविरुद्ध हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान शुरु गरेकोछ ।