आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।यो सूर्य ग्रहण यो वर्षको पहिलो हो ।
नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्नेछ । तर नेपालबाट देख्न नसकिने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।अमेरिका, बेलायत, युरोप, मगोलिया, चीनलगायतका क्षेत्रबाट मात्र यो देखिने भएकाले नेपालमा बार्न नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ ।