कोरोना संक्रमणबाट सिराहमा एकजना चिकित्सकको मृत्यु भएको छ । अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको ३५ वर्षकाे उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भएको हाे ।
उनी ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । केही अप्ठयाराे महशुस भएपछि उनलाइ सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगिएकाे थियाे ।डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए ।
अस्पताल र अक्सिजनकाे अभावमा अहिले नेपालमा करिब १ लाख भन्दाबढी संक्रमित हाेम आइसोलेसनमा बस्दै आएका छन् ।अहिलेसम्मकाे अाकडा हेर्दा मृत्यु हुनेमा हाेम आइसोलेसनमा रहेकाहरू नै धेरै छन् ।