राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाएकाे छ ।बुधबार केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
‘माओवादी केन्द्र एवं जसपासहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णय विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कारबाहीमा संलग्न भएकोले माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले संसदीय दलको नेताबाट हटाइएकाे महासचिव मनोज भट्टले हस्ताक्षर गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
उनले अटेर गरेर स्पष्टीकरण नबुझाएकाले आजै बसेको सचिवालयको बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ जनाइएकाे छ।थापाले पार्टी निर्देशन नमान्दा गण्डकी प्रदेशमा पुन: पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने संभावना छ।