आँत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पनि थप कोभिड वाड शुरु भएकाे छ।
काेराेना संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्दै अस्पतालै भर्ना हुनुपर्ने बिरामीकाे संख्या बढ्न थालेपछि सरकारले अस्पतालहरूलाई ठाउँ भएसम्म व्यवस्थापन गर्न निर्देशन दिए लगत्तै नेपाल मेडिकल कलेजले पनि मर्मतकाे क्रममा रहेकाे भवनमा छुट्टै वाड सुरू गरेकाे हाे ।
गाेकर्णेश्वर नगरपालिकाभित्र रहेकाे यस अस्पतालले काेभिड वाड सुरू गरेपछि वेड नपाएर छट्पट्टिएका काेराेनाका विरामीका लागि केहीहदसम्म भए पनि राहत मिल्ने भएकाे छ ।अस्पताल प्रशासन र स्थानीय सरकारकाे प्रयासमा वाड थप गरिएकाे हाे । यसै नगरपालिका भित्र रहेकाे गाेकर्ण प्राथमिक अस्पताललाई पनि काेराेना अस्पतालकाे रूपमा विकास गर्नुपर्नेमा स्थानीयवासीले जाेडदिएका छन् ।यद्पी शहिद पार्कमा निर्मित केही भवनलाई भने आइसाेलेशन बनाइएकाे छ ।