प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।उनले छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा गएर खोप लिएका हुन्।
सरकारले भारतबाट किनेर ल्याएकाे १० लाख डोज खोप यही २३ गतेदेखि प्राथमिकताका आधारमा ५५ वर्षमाथिका वृद्भवृद्भा र कर्मचारीहरूलाइ लगाउन सुरू गर्ने भएकाे छ । यसकाे लागि आवश्यक तयारी पूरा भइसकेकाे स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
हाल भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप प्राथमिकताकाे आधारमा लगाइरहेकेा छ ।पहिलो र दाेस्राे चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शव बाहन चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, पत्रकार लगायतलाई खोप लगाइएको थियो।