नेपालमा सोमबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै थप ९० संक्रमित कोरोना मुक्त भएका छन् । नेपालमा दुई लााख ६९ हजार ९६६ जनाले कोरोना जितेका छन् ।
नेपालमा सोमबार कोरोनाका कारण कसैपनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् ।त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।